ad ad

समाज


राष्ट्रियताको महत्व दर्शाउन ‘राष्ट्रिय झण्डा महोत्सव’

राष्ट्रियताको महत्व दर्शाउन ‘राष्ट्रिय झण्डा महोत्सव’

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १९:१४, काठमाडौँ

राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ।

विभिन्न संघ/संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपरान्ह ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। 

अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्व दर्शाउने उद्देश्यले आज देशका २४ वटा जिल्लामा‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको बताए। 

उनले भने, ‘पछिल्लो समयमा नागरिकमा राष्ट्रियताको भावनाको कमी हुँदै गएको छ, नागरिकमा राष्ट्रियता जगाउन पनि महोत्सवको आयोजना गरिएको हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .