समाज


संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिने कानून बनाउनुपर्छः महानिरीक्षक खनाल

संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिने कानून बनाउनुपर्छः महानिरीक्षक खनाल

नेपालखबर
असार १२, २०७६ बिहिबार ७:१०,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्।

प्रहरी महानिरीक्षक खनालले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर पनि त्यस्तो अवस्थामा प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था गर्न जरुरी रहेको बताएका हुन्।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले मुलुकको भू–संवेदनशीलतालाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

प्रहरी महानिरीक्षक खनालले प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा एक्लैले लिएपनि वीरगंज, भैरहवा, विराटनगरजस्ता नाकाहरुबाट आउने सक्ने राष्ट्रिय सुरक्षाको चुनौतीलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुनेतर्फ पनि समितिको गम्भीर ध्यानाकर्षण गराए।

प्रहरी महानिरीक्षक खनालले खुला सीमासँग जोडिएका प्रदेशहरु सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षासम्बन्धी कानून तय गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad