अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामाग्रीमा भारतको शुल्कवृद्धि अस्वीकार्य हुने बताएका छन्।
शुक्रबार र शनिबार दुई दिन जापानको ओसाकामा जी२० सम्मेलन हुँदैछ। उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट हुने तालिका छ।
ट्रम्पले मोदीसँगको भेट अगाडि भारतसँग असन्तुष्टी व्यक्ति गरेका हुन्। ट्रम्पले भने,‘भारतको शुल्कवृद्धि अस्वीकार्य छ। त्यसलाई हटाउनु पर्छ।’
अमेरिकाले भारतलाई उसको विशेष व्यापारीक अवस्थाबाट हटाएपछि भारत र अमेरिकाबीच व्यापार विवाद बढेको हो।
अमेरिकाले भारतले आफ्ना कम्पनीलाई त्यहाँको बजारमा उपयुक्त स्थान नदिएको आरोप लगाएको छ। विशेष व्यापारीक अवस्थाबाट हटाएपछि अमेरिकाले भारतका सामाग्रीमा कर बढाएको थियो।
I look forward to speaking with Prime Minister Modi about the fact that India, for years having put very high Tariffs against the United States, just recently increased the Tariffs even further. This is unacceptable and the Tariffs must be withdrawn!
— Donald J. Trump (@realDonaldTrump) June 27, 2019भारतले प्रतिक्रिया स्वरुप अमेरिकी सामाग्रीमा कर बढाएपछि अमेरिका भारतसँग रुष्ट बनेको हो। अमेरिकी बजारमा भारतीय कम्पनीले पाएको स्थान बराबर भारतीय बजारमा अमेरिकी कम्पनीले स्थान पाउनु पर्ने अमेरिकाको माग रहेको छ।
बुधबार भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच समेत व्यापारीक सम्बन्धलाई सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको भारतीय संचारमाध्यमले जनाएका थिए।
ट्रम्पले आफूले प्रधानमन्त्री मोदीसँग कुरा गर्ने बताएका छन्। उनले ट्वीटमा भनेका छन्,‘म प्रधानमन्त्री मोदीसँग कुरा गरेर सत्यतथ्य बुझ्न चाहन्छु।’
Shares

प्रतिक्रिया