ad ad

समाज


नयाँ वर्ष : आज पशुपतिनाथमा यस्तो भीड

नयाँ वर्ष : आज पशुपतिनाथमा यस्तो भीड

नयाँ वर्ष २०८० को पहिलो दिन शुक्रबार पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि लामबद्ध भक्तजन। तस्बिर : विमलबहादुर विष्ट/रासस


नेपालखबर
बैशाख १, २०८० शुक्रबार १२:५०, काठमाडौँ

नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ। 

विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनलाई सहज होस् भनेर आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मूल मन्दिरका चार ढोका खुला गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। 

मन्दिरमा अहिले पनि लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन्। साउनको सोमबार, तीज र महाशिवरात्रिकै झल्को दिने गरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका छन्। भक्तजनलाई प्रहरी पहरा गण, सशस्त्र प्रहरी बल र प्रहरी कार्यालय गौशालाको टोलीले सुरक्षा दिएको छ। 

प्रहरी पहरा गणका प्रहरी निरीक्षक कृष्णदेव आउने भक्तजनलाई सहजरुपमा दर्शन गराएर पठाएको बताउँछन्। प्रहरीले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई दर्शनमा प्राथमिकता दिएको जनाएको छ। नयाँ वर्षका अवसरमा पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, गोठाटारस्थित नवतनधाम, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ। 

विसं २०८० को पहिलो दिन सार्वजनिक बिदा पनि भएकाले धेरै मानिस मठ मन्दिरमा भेला भएर दर्शन एवं पूजा, आराधना गरी नयाँ उमङ्गका साथ भेला भएको देखिन्छ। सडकमा विगतका दिनभन्दा कम सवारीसाधन गुडेको देखिन्छ। सरकारी कार्यालयमा बिदा दिइएकाले पनि कम गाडी गुडेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .