गैर आवासीय नेपाली संघले सिन्धुपाल्चोकको चौतारा साँगाचौकगढीमा निर्मित विद्यालय भवन हस्तान्तरण गरेको छ।
गैरआवासीय नेपाली संघ तथा आईओडब्लुए अमेरिकाको संयुक्त आयोजनामा निर्मित श्री बेत्रेश्वरी आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको हो।
‘सहयोगी हात र उपकारी मन! राष्ट्र र समाजका अमूल्य धन!’ नाराका साथ चौतारा साँगाचौकगढीका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले हस्तारण गरे।
आईओडब्लु अमेरिकाको ५६ लाख ९५ हजार तीन सय रुपैयाँ आर्थिक सहयोग, मास कन्सल्ट प्रालिको प्राविधिक सहयोग तथा गैरआवासीय नेपाली संघको संयोजनमा बनेको उक्त विद्यालय भवनको निर्माण गरिएको हो।
कार्यक्रममा ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो।

विद्यालयका प्रधानाध्यापकले गैरआवासीय नेपाली संघ तथा आईओडब्लु, अमेरिकालाई भवन निर्मण गरेको तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तानतरण गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरे।
मास कन्सल्ट प्रालिको निर्देशक दिलिप गस्सीले आफूले गरेको निशुल्क डिजाईनको मुर्त रुप हेर्न पाउदा एकदमै खुसी महशुश भएको बताए।
संघका प्रमुख कार्यकारी अधिकृत रवि अधिकारीले विकासको लागि शैक्षिक गुणस्तरले टेवा पुर्याउने हुँदा बेत्रेश्वरी आधारभूत विद्यालयले सो गुणस्तरीय प्रदान गरि विकासको आधार निर्माण गर्ने आशा व्यक्त गरेका थिए।
संघका कार्यकारी अध्यक्ष डा। बद्री केसीले जग्गा दाता स्थानीय गहेन्द्र बहादुर थापा, आईओडब्लु, अमेरिका तथा मास कन्सल्ट प्रालिलाई धन्यवाद व्यक्त गरे।
संघले भूकम्प २०७२ पछि धेरै शैक्षिक संस्थाको निर्माण गरेको र बेत्रेश्वरी आधारभूत विद्यालय सबै भन्दा पछिलो रहेको जानकारी गराएको छ।
Shares

प्रतिक्रिया