समाज


सकियो एसईई, नतिजा कहिले?

सकियो एसईई, नतिजा कहिले?

फाइल फाेटाे


नेपालखबर
चैत २९, २०७९ बुधबार १८:७, काठमाडौँ

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सम्पन्न भएको छ। यही चैत १७ गतेदेखि देशभर एकसाथ सुरु परीक्षा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए। 

देशका ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रसहित जापानमा एक गरी दुई हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उनले बताए। 

‘छिटफुट घट्नाबाहेक सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको छ। घटना भएका केन्द्रका केहीलाई कानुनी दायरमा ल्याएका छौँ’, श्रेष्ठले भने। 

उनका अनुसार यस वर्ष परीक्षामा चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भए।     

यस वर्षको एसईई परीक्षामा सहभागी हुन विसं २०७८ मा कक्षा ९ मा रजिस्ट्रेसन भर्ने पाँच लाख १६ हजार पाँच सय ९१ विद्यार्थीमध्ये कक्षा १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेर चार लाख ८४ हजार दुई सय २७ पुगेका थिए। 

नेपालबाट रोजगारीकका लागि जापान पुगेका अभिभावकका १४ जना छोराछोरीले पनि यस वर्ष जापानबाटै परीक्षा दिएका छन्। जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एक शैक्षिक संस्थाबाट उनीहरू परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए। 

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशबाट एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णली प्रदेशबाट ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भए। 

प्राविधिक धारतर्फ करिब १५ हजार, संस्कृतमा पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ जना र ५० जना दृष्टिविहीन परीक्षार्थी  परीक्षामा सहभागी भए। 

कार्यालयले एसईई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने योजना गरिएको छ। 

‘कुनै समस्या नआए असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएका छौँ’, परीक्षा नियन्त्रक श्रेष्ठले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .