समाज


एसईई नतिजा प्रकाशनलगत्तै थाहा पाउन टेलिकमको यस्तो व्यवस्था

एसईई नतिजा प्रकाशनलगत्तै थाहा पाउन टेलिकमको यस्तो व्यवस्था

नेपालखबर
असार १२, २०७६ बिहिबार ६:४४,

 एसईईको नतिजा आज प्रकाशन हुँदै छ। नतिजा प्रकाशनसँगै देशभरका परीक्षार्थीलाई नतिजा हेर्न सजिलो होस् भनेर नेपाल टेलिकमले सहज रुपमा थाहा पाउने सेवा उपलब्ध गराएको छ।

नेपाल टेलिकमका अनुसार परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईईपछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनुपर्ने जनाएको छ।  (एसईई स्पेस सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनुपर्ने टेलिकमकाे भनाइ छ। यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपने टेलिकमले जनाएको छ।

योबाहेक १६०० मा कल गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ। नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सीडीएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिनेछ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशनअनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ । यसका साथै नेपाल टेलिकमको वेबसाइट (एसईई डट एनटीसी डट एनईटी डट एनपी)मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad