ad ad

समाज


नेपाल एयरलाइन्समा एकपछि अर्को लापरबाही, मन्त्रालयले सोध्यो अर्को स्पष्टीकरण

नेपाल एयरलाइन्समा एकपछि अर्को लापरबाही, मन्त्रालयले सोध्यो अर्को स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०७९ सोमबार १८:२८, काठमाडौँ

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा एकपछि अर्को लापरबाही दोहोरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारबाही अघि बढाएको छ।

लापरबाही नरोकिएपछि मन्त्रालयले निगम नेतृत्वलाई सोमबार दोस्रो पटक स्पष्टीकरण सोधेको हो। पहिलो स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाउँदै मन्त्रालयले दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

पर्यटन मन्त्री सुदन किरातीले मलेसियाको क्वालालाम्पुरमा भएको चार्टर्ड उडानबाट निगमलाई भएको आर्थिक भारबारे स्पष्ट पार्न जवाफ माग्दै स्पष्टीकरण सोधिएको जानकारी दिए।

मन्त्रालयले  निगमको जहाज दिल्लीमा रहँदा पाङ्ग्रा बिग्रिएर यात्रु घण्टौँ अलपत्र परेको विषयमा पनि निगमलाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयले सानातिना समस्या पनि समाधानमा निगम नेतृत्व असफल भएको भन्दै जवाफ मागिएको छ।

त्यसैगरी मन्त्रालयले राम्रो आम्दानी र नियमित उडान हुने गन्तव्यमा तालिका राख्न नसकेका कारण भएको आर्थिक भारबारे पनि जानकारी दिन भनेको छ। 

मन्त्री किरातीले नेपाली यात्रुहरुको बाक्लो चाप रहने काठमाडौं-दुबई रुटमा पाइलट अभाव भएर उडान नभएको जानकारी आएको भन्दै त्यसबारे पनि जवाफ दिन भनेका छन्।

उक्त रुटमा के कति कारणले पाइलटको व्यवस्था गर्न नसकिएको जवाफ पनि मन्त्रालयले मागेको छ। उक्त कारण निगमलाई पर्न गएको आर्थिक भारबारे चित्त बुझ्दो जवाफ दिन पनि निगम नेतृत्वलाई मन्त्रालयले भनेको छ।

त्यसैगरी त्रिभुवन विमानस्थलमा यात्रुको सामान हराउने समस्या अझै अन्त्य नभएको भन्दै मन्त्रालयले त्यसबारेको योजनाबारे पनि सोधेको छ। 

'म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बहालीपश्चात टुइनअट्टर जहाज कति पटक ग्राउण्डेड भयो?', उनले सोधेका छन्, 'यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो? आगामी दिनमा यस्तो हुन नदिने कार्ययोजना हुनु पर्छ कि पर्दैन? यसको जवाफसमेत पेश गर्नू।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .