ad ad

अपराध


काभ्रेमा कक्षाकोठाभित्रै छात्रालाई अश्लील भिडिओ देखाउने शिक्षकलाई १५ महिना जेल

काभ्रेमा कक्षाकोठाभित्रै छात्रालाई अश्लील भिडिओ देखाउने शिक्षकलाई १५ महिना जेल

फाइल फाेटाे : काभ्रेपलाञ्चोक जिल्ला अदालत


नेपालखबर
चैत २७, २०७९ सोमबार १८:३०, काभ्रेपलाञ्चोक

छात्रालाई अश्लील सामग्री देखाएको कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला गरेको छ। 

प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई १ वर्ष ३ महिना कैद, रु १५ हजार जरिवाना गर्नुका साथै रु ४ सय पीडित राहतकोषमा जम्मा गर्न भनेको छ।

त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही रु १० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको हो।

अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडिओ देखाएको कसुर पुष्टि भएको हो। यसअघि धरौटीमा रिहा विष्ट हाल फरार छन्। 

बाल यौन दुर्व्यवहार कसुरमा विष्टविरुद्ध अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो।

२०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए। जिल्ला प्रहरी कार्यालय धुलिखेलले फरार शिक्षक विष्टको खोजी भइरहेको जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .