ad ad

समाज


सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि बुधबार**लाई तोकियो पेशी

सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि बुधबार**लाई तोकियो पेशी

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०७९ सोमबार १८:१२, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा बुधबार**लाई पेशी तोकिएको छ। 

जिल्ला अदालत काठमाडौंमा फैसलाका लागि बुधबार**लाई पेशी तोकिएको सन्दीपका वकिल मुरारी सापकोटाले बताए।

पेशी तोकिए पनि बुधबार नै सुनुवाइ भएर फैसला आउने निश्चित छैन। 

यसअघि गत सोमबार पनि यो मुद्दा पेशी चढेको थियो। तर त्यतिबेला पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीशकै इजलासमा परेपछि सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत सोमबार पेसी तोकिएको थियो।

घिमिरेको एकल इजलासले नै सन्दीपलाई गत कात्तिक १९ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। 

तर, उनको आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो। घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो। 

सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता छ। त्यसको अन्तिम फैसला हुन लागेको हो।

पेशीको तोकिएको दिन बुधबार हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौँ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .