ad ad

समाज


'हनिट्रयाप'कै शैलीमा अनलाइन ठगी, जनकपुरबाट २३ जना समातिए

'हनिट्रयाप'कै शैलीमा अनलाइन ठगी, जनकपुरबाट २३ जना समातिए

ठगीमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरु। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २०, २०७९ सोमबार १८:३९, जनकपुरधाम

अनलाइन ठगीमा संलग्न २३ जना जनकपुरबाट पक्राउ

अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरुलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसनजिकैबाट सोमबार साँझ पक्राउ गरेको हो।

उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।

उनीहरुले विभिन्न एपमार्फत हनिट्र्याप जस्तो धन्दा गर्दै आएको प्रहरी नायव उपरीक्षक गौतमले बताए। 

पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला रहेको उनले जानकारी दिए।  पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको गौतमले जानकारी दिए।

पर्सा पकहा मोहनपुर वडा नम्बर ५का सत्यानन्द रामले यो गिरोहको नेतृत्व गर्दै आइरहेका थिए।

यता, जनकपुरधाममा धनुषाको सबैला घर भइ जनकपुरमै रहँदै आएकी सञ्जु साहले अनलाइन ठगीको कारोबार सम्हाल्दै आएको प्रहरीको आरोप छ।

यो गिरोहमा २० देखि २८ वर्ष उमेर समूहका युवा युवती रहेको पाइएको छ। आधाभन्दा बढी युवतीहरुले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्विर आदानप्रदान मार्फत नग्न फोटो भिडियो बनाएर ब्ल्याकमेल गर्दै रकम उठाउँदै आएको प्रहरीको दाबी छ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .