ad ad

समाज


आज पाँच प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना

आज पाँच प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०७९ सोमबार ७:१०, काठमाडौँ

आज (सोमबार) पाँच प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिक (थोरै आकाशमा बादल) देखि सामान्य बदली (धेरैजसो आकाशमा बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। 

आज दिउँसो काठमाडौँ उपत्यकामा भने पानी पर्ने सम्भावना ३० प्रतिशत मात्र रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। ‘यो भनेको वर्षाको सम्भावना हुँदै नभएको त होइन, तर निकै कम छ’, उनले भनिन्।  

यस्तै आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यसबाहेक राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ। 

महाशाखाले आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– देशका कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन/चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। 

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .