ad ad

समाज


पानी पार्ने प्रणाली भित्रिँदै

पानी पार्ने प्रणाली भित्रिँदै

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार ६:५०, काठमाडौँ

आज रातिदेखि नेपालमा पानी पार्ने प्रणाली भित्रिने मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति पश्चिमी वायु भित्रिने भएको हो। जसले मौसम बदली र वर्षाको सम्भावना बढाउँछ। 

‘आज राति सिस्टम (पानी पार्ने प्रणाली) भित्रिँदै छ’, मौसमविद् मानन्धरले भनिन्, ‘त्यसैले भोलि र पर्सि देशभर बदली तथा वर्षा हुने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भेगमा आंशिक (आकाशमा थोरै बादल) देखि सामान्य बदली (आकाशमा बढीजसो बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भेगमा सामान्य बदली रही अन्य स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भेगका एक दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार भोलि (शुक्रबार) र पर्सि (शनिबार) वर्षाको सम्भावना यस्तो छ–
शुक्रबार

दिउँसो ː  देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानमा साथै तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहने छ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराईका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शनिबार
दिउँसो ː देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका पहाडी भूभागका केही स्थान साथै तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति ː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .