ad ad

समाज


२४ घण्टाका  लागि  चेतावनी– चट्याङ तथा हावाहुरीबाट बच्नुहोस्

२४ घण्टाका  लागि  चेतावनी– चट्याङ तथा हावाहुरीबाट बच्नुहोस्

फाइल फाेटाे


नेपालखबर
चैत १२, २०७९ आइतबार १९:३६, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले २४ घण्टाका लागि चेतावनी जारी गरेको छ। आइतबार (आज) साँझ ६ बजे महाशाखाले आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म) का  लागि  चेतावनी  तथा  परामर्श जारी गरेको हो। 

जसमा भनिएको छ– कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

यस्तै भोलि सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र देशका बाँकी पहाडी क्षेत्रका एक/दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखााका अनुसार सोमबार राति कोशी र गण्डकी  प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .