ad ad

समाज


भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

नेपालखबर
चैत ७, २०७९ मंगलबार १६:४०, काठमाडौँ

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।  

प्रदेश ३–०२–००७ प ४२६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ओखलढुङ्गा माङ्खा घर भई हाल भक्तपुर नयाँठिमी बस्ने ३६ वर्षीय नबिन कुमार कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोमबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। 

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .