ad ad

राजनीति


मुख्यमन्त्रीपछि इन्द्र आङ्बोमाथि पहिचान पक्षधरको आक्रमण (भिडिओ)

मुख्यमन्त्रीपछि इन्द्र आङ्बोमाथि पहिचान पक्षधरको आक्रमण (भिडिओ)

नेपालखबर
चैत ७, २०७९ मंगलबार १६:४५, विराटनगर

'कोशी प्रदेश' नामलाई लिएर पहिचान पक्षधरको असन्तुष्टि बढ्दै गएको छ।

प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानवादीको आन्दोलनले अशान्ति बढ्ने अवस्था आएको हो। 

प्रदेश पुनःनामाकरण संघर्ष समितिमा आवद्ध युवाहरु व्यत्तिलक्षित आक्रमणमा उत्रिएका छन्।

उनीहरुले नेकपा माओवादी  केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि मंगलबार आक्रमणको प्रयास गरेका छन्। 

प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो। 

प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ।

पार्टीको जिल्लास्तरीय बैठकमा सहभागी हुन सदरमुकाम फुङ्लिन जाने क्रममा आङ्बोमाथि लिम्बूवान कार्यकर्ताले सदरमुकामनजिकैको तोक्मेडाँडा छेउमा आक्रमण प्रयास भएको हो।

लिम्बुवान कार्यकर्ताले आक्रमण गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ। आङ्बोको हत्या गर्ने लक्ष्यसहित संघर्ष समिति लागिरहेको भन्दै लिम्बुवान कार्यकर्ताहरु मोटरसाइकलमा सवार भएको भिडियो सार्वजनिक भएको छ।

आक्रमणकारीले तथानाम गालीगलौज गर्दै सबैतिर ढुकेर आङ्बोको हत्या गर्ने लक्ष्य रहेको बताएका छन्। 

आङ्बोसहितका नेताहरु अहिले सदरमुकाम पुगिसकेका छन्। बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासि ढुंगा हान्दै नाराबाजी गरेको आङ्बोका स्वकीय सचिव पुजन मगरातीले जानकारी दिए।

सोमबार मात्रै ओखलढुंगा पुगेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमणको प्रयास भएको थियो। 

त्यसक्रममा मुख्यमन्त्री कार्की चढेको गाडी तोडफोडको प्रयास भयो। गाडीको झण्डा निकालेर फालियो।

त्यसअघि मुख्यमन्त्री कार्कीले प्रदेशको पुनः नामकरणबारे कुनै छलफलसमेत हुन नसक्ने अभिव्यक्ति दिएका थिए।

मुख्यमन्त्री कार्कीले प्रदेशसभाका ९० प्रतिशत सांसदको समर्थनमा कोशी नामकरण भएको भन्दै अब त्यसबारे कुनै छलफलसमेत नहुने बताएका छन्। 

उनले प्रदेशको नाम संशोधन गर्न आन्दोलन गर्नेहरूले जिताएर पठाएकै सांसदहरूले कोशी नामकरण गरेको बताएका थिए। 

अब नामाकरणको विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नै नभएको बताएका थिए। 

चैत ५ गते विराटनगरमा प्रदेश पुनः नामाकरण संघर्ष समितिले गरेको प्रदर्शन पनि अशान्त बन्यो। प्रदर्शनमा उग्र नाराबाजी भए।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर बनाउन चार राउण्ड हवाइ फायर गर्यो। दर्जनौँ सेल अश्रुग्याँस प्रहार भयो। प्रदर्शनकारीका तर्फबाट प्रहरीमाथि ढुंगामुढा पनि भएको थियो। 

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका महासचिव अशोक चेम्जोङले संसदहरुका कारण प्रदेशको नाम लिम्बूवान किरात बन्न नसकेकोले उनीहरुप्रति आन्दोलन लक्षित हुनु सामान्य भएको बताए।

'संसदहरु ब्यक्ति नभएर संस्थाको प्रतिनिधित्व गर्छन्', चेम्जोङलेले भने, 'पहिचानका नाम प्राप्तिका लागि कान्त्रि जारी छ।हाम्रो मागको सुनुवाइ नभए भोलिका दिनमा माग पूरा गर्न संसद भवनकेन्द्रित आन्दोलन हुनेछ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .