ad ad

समाज


दक्षिणकालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

दक्षिणकालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

सांकेतिक तस्बिर


नेपालखबर
चैत ७, २०७९ मंगलबार १६:३४, काठमाडौँ

काठमाडौंको दक्षिणकाली नगरपालिका–८ शितल चोकमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो।

मृतकको पहिचान खुलेको छैन।

दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .