समाज


बागमती गाउँपालिकामा तीन जना क्षयरोगी भेटिए, डट्स प्रविधिबाट उपचार थालियो

बागमती गाउँपालिकामा तीन जना क्षयरोगी भेटिए, डट्स प्रविधिबाट उपचार थालियो

नेपालखबर
चैत ५, २०७९ आइतबार २१:१३, काठमाडौँ

ललितपुरको बागमती गाउँपालिकामा तीन जना क्षयरोग लागेका व्यक्ति पहिचान भएको छ।

स्वास्थ्य कार्यालय ललितपुरले बागमती  गाउँपालिका वडा नम्बर ४, प्युटारको थाङ्सिङटार अस्पतालमा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि भएको हो। 

उनीहरुको अहिले डट्स प्रविधिबाट उपचार सुरु गरिएको बागमती गाउँपालिका स्वास्थ्य संयोजक समीर श्रेष्ठले जानकारी दिए। 

‘बागमती गाउँपालिकाको वडा नम्बर २, ४, ६ र मकवानपुरको बकैया गाउँपालिकाका केही वडाका मानिसहरुलाई गरिएको परीक्षणमा तीनजनालाई लक्षण नदेखिएको टिभि (क्षयरोग) पुष्टि भयो,’ श्रेष्ठले भने, ‘उहाँहरुलाको डट्स प्रविधिबाट उपचार सुरु गरेका छौँ।’

क्षयरोग देखिएका तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। उनका अनुसार एक्सरे र खकार परीक्षणबाट सो रोगको पहिचान भएको हो। 

शनिबार भएको स्वास्थ्य शिबिरमा ५४४ जनाको स्वास्थ्य परीक्षण भएको थियो। जसअन्तर्गत आयुर्वेदमा १७५, आँखा १३५, ल्याव सेवा ४, प्रसुती तथा स्त्री ९, बालरोग ९, एक्सरे सेवा १४, छालारोग ७२, स्त्री भिडियो एक्सरे १७, दन्त रोग ४८, जनरल मेडिसिन २०६ र पोषण ९८ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले जानकारी दिए। 

‘बागमती ४ को थाङसिङटार अस्पतालमा बृहत एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान अन्तर्गत निशुल्क स्वास्थ्य परीक्षण गरेका हौँ,’ विष्टले भने।

यसैगरी आइतबार बागमती गाउँपालिकाकै वडा नम्बर ७  गिम्दीमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण  तथा जेष्ठ सम्मान कार्यक्रम भएको छ।

१५ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली परीक्षणमा खटिएका थिए। एकसय १० नागरिकको स्वास्थ्य परीक्षण भएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad