ad ad

बागमती


मकवानपुरका ४ क्याम्पसको स्ववियु नतिजा सार्वजनिक, ३ वटामा मतगणना जारी

मकवानपुरका ४ क्याम्पसको स्ववियु नतिजा सार्वजनिक, ३ वटामा मतगणना जारी

नेपालखबर
चैत ५, २०७९ आइतबार २१:३०, हेटाैँडा

मकवानपुरका ७ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएकोमा हालसम्म ४ वटा क्याम्पसको नतिजा आएको छ।

थोरै विद्यार्थी भएका क्याम्पसहरुमा चुनावी मतपरिणाम आएको हो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा रहेको वंश गोपाल बहुमुखी क्याम्पस, हटियाको जनप्रिय बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको मतगणनाको नतिजा आएको हो।

हटियाको जनप्रिय बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ, जहाँ छात्राहरुको कार्यसमिति आएको छ।
जनप्रिय बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुकी मुना गोले निर्वाचित भएकी छन्।

मुना गोलेको प्यानलै विजयी भएको हो। सचिवमा पुष्पा वास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल, सदस्यमा मेनुका दहाल, पवित्रा अधिकारी र विनिता तिमल्सिना निर्वाचित भएका छन्।

त्यस्तै हेटौंडा–१९ को निर्मल बहुमुखी क्याम्सपमा सरोज अर्याल नेतृत्वको अनेरास्ववियु, अनेरास्ववियू र अखिल क्रान्तिकारी विप्लवबीचको संयुक्त प्यानल विजयी भएको छ। अर्यालले १३२ मत प्राप्त गर्दा नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसंका संयुक्त उम्मेदवार जय बहादुर रोक्काले ५२ मत प्राप्त गरे।

यसैगरी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत जिल्लाको हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानलनै विजयी भएको छ।

निर्वाचनको अन्तिम मतरिणाम अनुसार सिल्वालको प्यानलनै निर्वाचित भएको हो। अनेरास्ववियूका सिल्वाल १८ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंघकी मनिका गौतमले ९ मत प्राप्त गरिन्।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा कुमार घिसिङ विजयी भएका छन्। निर्वाचनमा २९ मतसहित कुमार घिसिङ विजयी भएका हुन्। अध्यक्षका अर्का आकांक्षी नेपाल विद्यार्थी संघका किशोर लम्सालले २७ मत प्राप्त गरेका हुन्। 

४ वटा क्याम्पसको चुनावी नतिजा आउँदा अब ३ वटा क्याम्पसको नतिजा आउन बाँकी रहेको छ। धेरै विद्यार्थी संख्या रहेको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा मतगणना जारी रहेको छ। जिल्लाको पालुङ्ग बहुमुखी क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .