ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्रका लागि अर्कैका नाममा ट्रायल दिने दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर सुकौरा घर भई काठमाडौंको गोकर्णेश्वर–२ बस्ने पुर्ण वर्ष २७ को मान बहादुर ब्लोन र ललितपुर महानगरपालिका–१५ सातदोबाटो घर भै सोही स्थान बस्ने वर्ष २७ को सरोज शाही रहेका छन्।
ट्राफिक प्रहरी महाशाखाले यातायात व्यबस्था कार्यालय सुकेधाराद्वारा सञ्चालित सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाका क्रममा ड्राईभिङ सेन्टर सुकेधाराबाट पक्राउ गरेको हो। उनीहरुले नक्कली नेपाली नागरिकता बनाई फरक व्यक्तिहरुले ट्रायल परिक्षा दिँदै गरेको महाशाखाले जनाएको छ।
पक्राउ परेका ब्यक्तिलाई आवश्यक कारवाहीको लागी महानगरीय अपराध महाशाखामा पठाईएको छ।
3
Shares

प्रतिक्रिया