समाज


एक किलो सुनसहित दुई भारतीय पक्राउ

एक किलो सुनसहित दुई भारतीय पक्राउ

नेपालखबर
पुस १७, २०७६ बिहिबार १६:७,

भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई आज प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्र्याए पनि उनीहरुको योजना प्रहरीले विफल बनाएको छ। सुन तस्करीमा संलग्न दुई भारतीयलाई पक्राउ गरिएको समेत उनले जानकारी दिए।

सुन लिएर दुबइबाट आएका कासिव मोहम्मदले भारतबाट आएका मुसाफिन मोहम्मदलाई सुन हस्तान्तरण गर्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट गालेर पोको बनाएको अवस्थाको एक किलो सुन बरामद भएको छ।

विमानस्थलमा राखिएको यन्त्रले समेत सुन पत्ता नलागेपनि प्रहरीले शंका लागेर जाँच गर्दा सुन बरामद गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad