ad ad

समाज


घोराहीमा एक महिलामाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

घोराहीमा एक महिलामाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

नेपालखबर
फागुन २९, २०७९ सोमबार ७:४४, दाङ

दाङको घोराहीमा एक महिलालाई जबर्जस्ती सामूहिक करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगर १७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गएको शुक्रबार राति घोराही १७ मा उनीहरुले २९ वर्षीय एक महिलालाई सामूहिक बलात्कार गरेका आरोप छ।

विगत ३ महिनाअघि ती महिला आफ्ना श्रीमान्‌को उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन्। श्रीमानको उपचार गर्दा पैसा सकिएपछि पतिपत्नी घोराहीमा मागेर जीविकोपार्जन गर्दै आएका थिए। 


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार माग्न हिँड्ने क्रममा उनीहरु घोराही १७ बेलभारस्थित गजु चौधरीको घरमा पुगेपछि शुक्रबार राति चौधरीकै घरको आँगनमा बास बसेका थिए। 

आफ्ना पतिसँग सुतिरहेको अवस्थामा निर्मल र मनोजले महिलाका पतिलाई कुटपिट गरी महिलालाई लतार्दै २५ मिटर पर लगेर सामूहिक करणी गरेको प्रहरीले जनाएको छ। 

पीडितको जाहेरीको आधारमा उनीहरूउपर जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरिएको एसपी ओलीले जानकारी दिए।

आइतबार दाङ जिल्ला अदालतबाट उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .