ad ad

समाज


ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु, २४ यात्रु घाइते

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु, २४ यात्रु घाइते

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १०:३६, काठमाडौँ

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। 

सिन्धुली जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिले उद्धार जारी छ। मृतक तथा घाइतेको नाम खुलेको छैन। 

बा २ ख ६५९६ नम्बरको बसर बिहान सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ मा कुहिभिर भन्ने ठाउँमा आज बिहान दुर्घटना भएको हो।

अहिलेसम्म उक्त बसमा जम्मा २९ यात्रु रहेको बुझिएको प्रहरीले जानकारी दिएको छ। सडकको भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो। 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .