ad ad

खेल


ए डिभिजन लिगमा आज दुई ‘हेभिवेट’बीच भिडन्त

ए डिभिजन लिगमा आज दुई ‘हेभिवेट’बीच भिडन्त

नेपालखबर
फागुन २८, २०७९ आइतबार ११:४, काठमाडौँ

सहिद स्मारक ए डिभिजन लिगमा आज आइतबार दुई हेभिवेट क्लब मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो साढे २ बजेपछि सुरु हुनेछ। 

लिगमा खराब सुरुवात गरेको मछिन्द्र पहिलो जितको खोजीमा छ। उता मनाङ भने अपराजित यात्रालाई कायम राख्ने योजनामा हुनेछ।

साविक विजेता मछिन्द्र लिगको पहिलो चरणमा जावलाखेल युथ क्लबसँग ३–१ ले हारेको थियो। दोस्रो चरणमा त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले हारेको थियो। 

उता मनाङले भने दोस्रो चरणमा संकटा क्लबलाई १–० ले हराएको थियो। पहिलो चरणमा हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको थियो।

आजै हुने अर्को खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन्। 

च्यासल मैदानमा हुने खेल दिउँसो साढे २ बजे नै सुरु हुनेछ। 

आर्मी अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुँदा एनआरटी पहिलो जितको खोजीमा मैदान उत्रनेछ। 

आर्मीले लिग चरणको पहिलो खेलमा संकटा क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। दोस्रो चरणमा आर्मीले लिग च्याम्पियन मछिन्द्रलाई २–० ले हराएको थियो। आर्मी आजको खेलमा सोही लयलाई निरन्तरता दिने योजनामा छ। 

उता एनआरटी भने पहिलो चरणमा सातदोबाटो युथ क्लबसँग २–१ ले हारेको थियो। दोस्रो चरणमा दोस्रो खेलमा जावालाखेलसँग २–१ ले नै हारेको थियो। 

एनआरटी आजको खेलमा बलियो टोली आर्मीलाई हराउने अथवा बराबरीमा रोक्ने योजनामा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .