ad ad

समाज


‘ब्यूरोको प्रहरी हौँ’ भन्दै धम्की दिने पक्राउ

‘ब्यूरोको प्रहरी हौँ’ भन्दै धम्की दिने पक्राउ

नेपालखबर
पुस १७, २०७६ बिहिबार ९:४२,

‘हामी ब्यूरोको प्रहरी हौँ’ भन्दै धम्क्याउँदै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई काठमाडौंको कागेश्वरी नगरपालिका–७ मुलपानी थापागाउँबाट बुधबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थान च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन्।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बा.८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स ४ थान, मोवाईल ४ थान, चाँदीको सिक्री १ थान र नगद २१ हजार ९ सय ३५ रुपैयाँ सहित फेला पारी नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .