समाज


जम्मु-कस्मिरमा आतंकवादीको आक्रमणमा नेपाली युवाको मृत्यु

 जम्मु-कस्मिरमा आतंकवादीको आक्रमणमा नेपाली युवाको मृत्यु

नेपालखबर
पुस १७, २०७६ बिहिबार २:४०,

भारतको जम्मु-कस्मिरमा आतंकवादी सँगको झडपमा गोरखा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ।

बुधबार जम्मु-कस्मिरमाको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएको हो।

मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको छ। भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले यसको पुष्टी गरेका छन्।

ज्यान गुमाउने २५ वर्षीय अर्जुनको घर गोरखाको रिप गाउँमा छ। अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय भारतीय सावन्त नायक पदमा कार्यरत रहेका बताइएको छ।

ठूलो संख्यामा रहेका आतंकवादीको आक्रमणमा दुवैले सँगै ज्यान गुमाएका हुन्।

सन् २०१८ यता जम्मु-कस्मिरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad