क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा आइतवारदेखि जारी सुनुवाइ सकिएको छ।
सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको हो।
सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए।
सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरे।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि अब आजै आदेश आउने छ।
117
Shares
प्रतिक्रिया