ad ad

समाज


सर्लाहीमा ह्वाट्सएपको माध्यमबाट ठगी, यस्ता छन् प्रतिनिधिमूलक घटना

सर्लाहीमा ह्वाट्सएपको माध्यमबाट ठगी, यस्ता छन् प्रतिनिधिमूलक घटना

फाइल।


नेपालखबर
फागुन १५, २०७९ सोमबार १०:४२, सर्लाही

सर्लाहीमा इन्टरनेटको माध्यमबाट मुद्रा सम्बन्धि आपराधिक घटना बढ्दै गएको भन्दै प्रहरीले नागरिकलाई सचेत गराएको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेषगरी भारतीय सीमावर्ती क्षेत्रमा मुद्रा सम्बन्धी विभिन्न आपराधिक घटना बढ्दै गएका हुन्।

मुद्रासम्बन्धी अपराध गरेको कसुरमा प्रहरीले सात जनालाई पक्राउसमेत गरेको छ। त्यसक्रममा केही नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

प्रहरीका अनुसार विशेषगरी भारतसँग सीमा जोडिएका विभिन्न नाकामा श्रृंखलाबद्ध रुपमा मुद्रासम्बन्धी ठगीका घटना हुँदै आएका छन्। 

समाजिक संजाल विशेष गरी ह्वाट्स एप मार्फत विभिन्न अफरहरु पठाई व्यक्तिहरुलाई सम्पर्कमा ल्याएर त्यस्ता ठगी तथा मुद्रा सम्बन्धी कसूरका आपराधिक षड्यन्त्रण हुने गरेको पाइएको एसपी सुवेदीले जानकारी दिए।

‘एकको तीन अर्थात् ३ गुणा बढी पैसा दिन्छु भनि ह्वाट्सएपमा पैसाको फोटो तथा भिडियो पठाई लोभ लालच तथा प्रलोभनमा पारी आफ्नो अनुकुल तथा सुरक्षित स्थानमा बोलाई योजनाबद्ध तरिकाले आपराधिक व्यक्तिहरुले छापामार शैलीमा लुटपाट गर्ने गरेका छन्,’ सर्लाही प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ। 

जिल्लाका विभिन्न ठाउँमा पटक पटक एकै प्रकृतीका घटनाहरु दोहोरिँदै गएको भन्दै प्रहरीले त्यस्ता आपराधिक षड्यन्त्रबाट जोगिन नागरिकलाई सचेत गराएको छ।

जिल्लाका भिन्न व्यक्तिहरु आपराधिक षड्यन्त्रमा फसेर पीडित बनेकासमेत प्रहरीले जनाएको छ। प्रहरीले मुद्रा सम्बन्धी आपराधिक कसुरका केही प्रतिनिधिमूलक घटनासमेत सार्वजनिक गरेको छ।

सर्लाही प्रहरीले सार्वजनिक गरेको घटना विवरणअनुसार चार वर्षअघि सर्लाहीको गोडैता नगरपालिका ३ मधुवनी गाउँमा तलमाथि सक्कली नेपाली रुपैयाँ राखी बीचमा खाली कागज राखेर ठगी गरिएको थियो। त्यो ठगीमा संलग्न भारतको बिहार सितामढी ग्राम पंचायतका शत्रुधन कुमार भगतसहित २ जनालाई त्यतिबेलै प्रहरीले पक्राउ गरेको थियो।

त्यसको एक वर्षपछि मधुवनीबाटै पगला बावा भन्ने भारतीय नागरिक मृत्यून्जयकुमार सिंहसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुले १ को ३ दिन्छु भनि ४२ लाख ७५ हजार रुपैयाँ ठगेका थिए।

त्यसैगरी गत भदौ १७ गते सर्लाहीको गोडैता नगरपालिका ३ स्थित बगदहमा एक भारतीय गाडीलाई चेकजाँच गर्दा प्रहरीले नेपाली एक हजार दरको नोटको बीचमा सोही आकारको कागजको ६९ बण्डल फेला पारेको थियो। 

गएको पुस २९ गते सदरमुकाम मंलगवा नगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट नक्कली एक हजार दरको एक लाख १५ हजार नोट बरामद गरेको थियो।

हिजो (आइतबार) मात्रै मलंगवा नगरपालिका ९ स्थित नेपाल भारत सीमा क्षेत्रबाट विभिन्न आकारका नेपाली नोटहरुसँग मिल्ने लबरले बाँधेको कागजका ९९ बण्डल बण्डल र पैसा आकारको कागज काट्ने मेशिनसहित सहित दुई जनालाई पक्राउ गरेको छ। 

भारतीय सीमा क्षेत्रमा पर्ने सर्लाहीका विभिन्न नाका तथा एकान्त स्थानहरुमा झै पनि आपराधिक षड्यन्त्र गरेर ठगी गर्ने मनसायले बिभिन्न व्यक्तिहरुको चहलपहल भइरहेको जनगुनासो आइरहेको एसपी सुवदीले जानकारी दिए।

‘नागरिकको गुनासो र सूचनाका आधामार हामीले शंकास्पद स्थानहरुमा कडाई गर्नुको साथै त्यस्ता अपराधका घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्यलाई पनि तीव्र बनाएका छौँ,’ एसपी सुवेदीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .