परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग सीमा वार्ताका लागि नयाँ मिति प्रस्ताव गरेको बताएका छन्।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा उनले यसअघि दुई वटा मिति प्रस्ताव गरेपनि सो मितिमा वार्ता हुन नसकेको बताए।
‘भारतसँग यसअघि दुई वटा मिति प्रस्ताव गरिएको थियो, तर सो मितिमा वार्ता हुन सकेन,’ मन्त्री ज्ञवालीले भने, ‘सीमा वार्ताका लागि अर्को मिति प्रस्ताव गरेका छौँ।’
भारतले कालापानी क्षेत्र आफ्नोमा देखाउँदै नयाँ नक्सा जारी गरेपछि पुरानो सीमा विवाद पुनः बल्झेको थियो।
नेपालले पटकपटक सीमा वार्ताका लागि प्रयास गरेपनि त्यो अहिलेसम्म सफल हुन सकेको छैन।

प्रतिक्रिया