हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) प्रदेश १ को पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।
महाशाखकिा अनुसार दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राति देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : तराईका एक दुई स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन हुन अनुरोध छ।
24
Shares

प्रतिक्रिया