पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन्।
शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्।
कार्की सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन्। उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताइन्।
उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन्।
आर्यघाटमा पुर्याइएको शवमा पनि व्यापार हुने र जलाउन चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको उनले बताइन्।
‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ। कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ। डाक्टर, इन्जिनियर बनाउने इच्छा राखेका छन्। बुबाआमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ तर हैसियत छैन। जग्गा बेचेको छ, ऋण लिएको छ, घर जग्गा यी कुराहरु केही पनि होइनन्', उनले भनिन्, 'पढाइका अगाडि घर, जग्गा केही होइनन्। आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पति हो। छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ। स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन। शिक्षा व्यापार भएको छ। पहिला त्यस्तो थिएन। पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो। गरिबका छोराछोरी पनि डाक्टर बन्नसक्थे। अहिले पैसा नभइ हुँदैन। आर्यघाटमा जल्न त महंगो भइसक्यो। कसले दान देला र दाहसंस्कार होला, कसले दान देला र शव जल्ला भन्ने भइसक्यो। समाज यो अवस्थामा पुगिसकेको छ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन्।
उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको बताइन्। कार्कीले सरकारमा बस्नै सबै व्यापारीहरु रहेको उल्लेख गरिन्।
करिश्माको उजुरीमा पक्राउ परे ‘भाइरल म्यान’ डिल्लीराम खनाल
अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन भएको भन्दै साइबर ब्युरोमा निवेदन दिएपछि भाइरल म्यान डिल्लीराम खनाल पक्राउ परेका छन्।
करिश्माले खनालविरुद्ध माघ २५ मा साइबर व्यूरोमा उजुरी दिएकी थिइन्।
खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग करिश्माको नाम जोडेर विभिन्न मिडियामा बोलेका थिए।
अघिल्लो शुक्रबारदेखि रिलिज फिल्म ‘ह्यारीकी प्यारी’मा अभिनयसमेत गरेका खनालले लामिछानेसँग करिश्माको नाम जोडेर भ्रमपूर्ण हल्ला फैलाएको आरोप लागेको थियो।
साइबर ब्युरोमा निवेदन हालेपछि करिश्माले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘उहाँ को हो, यो अत्ति भयो। भैहाल्यो, कलाकारलाई यस्तै भन्छन् भनेर सहें। साइबर ब्यूरोमा निवेदन हालेकी छु। हेरौं, नेपालको कानुन कत्तिको बलियो छ।’
युट्युबमा चर्का कुरा गरेर चर्चामा आइरहने डिल्लीरामले अमेरिकामा रहँदा लामिछानेसँग करिश्मा ‘लिभिङ टुगेदर’मा बसेको दाबी गरेका थिए।
करिश्माले आफू हिन्दु भएको र लिभिङ टुगेदरको विचारलाई नै विश्वास नगर्ने व्यक्ति भएको उल्लेख गरेकी छन्।
Shares

प्रतिक्रिया