ad ad

समाज


ग्याँस सिलिन्डर र चुल्होमा आगो लाग्यो भने कसरी निभाउने? हेर्नुहोस् यो भिडिओ

ग्याँस सिलिन्डर र चुल्होमा आगो लाग्यो भने कसरी निभाउने? हेर्नुहोस् यो भिडिओ

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १०:३१, काठमाडौँ

बुधबार राति काठमाडौं बुद्धनगरस्थित नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा ग्याँस सिलिन्डर विस्फोट भयो।

विस्फोटमा भण्डारीका आमा–छोरा नै गम्भीर घाइते भए। कीर्तिपुरस्थित बर्न अस्पताल उपचारका क्रममा आमा हरिकला भण्डारीको बिहीबार निधन भइसकेको छ भने सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पठाइएको छ। मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उनको उपचार जारी छ। 

यस्तै बिहीबार दाङमा पनि खाना पकाउने ग्याँस सिलिन्डर विस्फोट भयो। तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो ३ महिनामा ग्याँस लिकका कारण देशका ३२ ठाउँमा आगलागीका घटना भएका छन्। जसमा परी २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। 

हरेकजसो घरमा ग्याँसको प्रयोग हुने हुँदा ग्याँस सिलिन्डरबाट हुन सक्ने जोखिमबारे उपभोक्ता जानकार र सचेत हुनुपर्ने देखिएको छ।

यसै क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनचेतनाका लागि ग्याँस सिलिन्डर र चुल्होमा लागेको आगो कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सन्देशमूलक भिडिओ बनाएको छ। 

हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .