ad ad

राजनीति


प्रचण्डले भने– केही दृश्यले झस्कायो, राष्ट्रपतिको अडानबाट पछि हट्न सकिँदैन

प्रचण्डले भने– केही दृश्यले झस्कायो, राष्ट्रपतिको अडानबाट पछि हट्न सकिँदैन

राष्ट्रिय जनमोर्चाका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बर : प्रदीपराज वन्त/रासस।


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १०:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्न नसक्ने बताएका छन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमन सुरु भएको भन्दै त्यसलाई रोक्न गरेको आग्रहको जवाफ दिँदै प्रधानमन्त्रीले केही घटनाक्रमले सचेत गराएको बताए।

जनमोर्चा अध्यक्ष केसी लगायतका टोली विभिन्न माग राखी शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेको थियो। 

‘राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्ने अवस्था छैन,’ प्रचण्डको भनाई उधृत गर्दै एक सहभागीले नेपालखबरसँग भने, ‘केही घटनाक्रमले मलाई झस्काएको छ।’

फागुन १ गते एमालेकै नेता दुर्गा प्रसाईले पूर्व राजा ज्ञानेन्द्र साहलाई मेचीमा लगेर राष्ट्रिय स्भाभिमान अभियान चलाएका थिए। प्रधानमन्त्रीले त्यसलाई रहस्यपूर्ण रहेको बताएका छन्।

अध्यक्ष केसीले राष्ट्रपतिमा अहिले लिएको अडान कायम राख्न सुझाव दिएका थिए। 

‘अस्ती झापामा दुर्गा प्रसाईले पूर्व राजा लगेर कार्यक्रम गरे, तपाईँहरुलाई थाहै छ,’ प्रधानमन्त्रीले भने, ‘भोलिपल्ट तिनै दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी ओलीजीलाई पनि  भेटेछन्, आशिर्वाद नै लिएको जस्तो’ यो घटनाले मलाई के महसुस भइरहेको छ भने, राष्ट्रपतिमा अडान छोड्नुहुन्न।’

भेटमा प्रधानमन्त्री प्रचण्डले एमसीसी विकास योजनासँग जोडिएकोले पास गरेको बताउँदै त्यसपछि आएको एसपीपीलाई लडेर रोकेको दाबी गरे।

‘उनीहरू हतियारसहित नेपाल आउन खोजेका थिए, देश युक्रेन बन्ने स्थिति देखा परेपछि त्यसलाई मैले रोकेँ,’ प्रचण्डले भने, ‘त्यसबापत मलाई धम्की पनि आयो। त्यसबाट म कहीँ कतै विचलित हुन्न, म हरेक षडयन्त्र रोक्न लाग्छु।’

भेटमा समसायिक विषयमा कुरा भएको अध्यक्ष केसीले बताए। 

‘राम्रो राष्ट्रपति चुन्नतिर जान सुझाव दिएको छु, संघीयताले देश खायो, गणतन्त्र धरापमा पर्‍यो, प्रतिगमन सुरु भयो, विदेशी चलखेल रोक्नुप¥यो भनेको छु,’ केसीले नेपालखबरसँग भने, ‘उहाँले ध्यानपूर्वक सुन्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .