राजनीति


शीर्ष नेताबीच सभामुखको विषयमा सहमति भइसकेको छः सञ्चारमन्त्री

शीर्ष नेताबीच सभामुखको विषयमा सहमति भइसकेको छः सञ्चारमन्त्री

नेपालखबर
पुस १५, २०७६ मंगलबार ५:१४,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा प्रतिनिधिसभामा रिक्त सभामुखका विषयमा नेकपाका शीर्ष नेताहरुबीच सहमति भइसकेको दावी गरेका छन्।

 प्रेस संगठन कञ्चनपुर मंगलबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सभामुख सत्ता पक्षकै हुने र कसलाई बनाउने भन्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भइसकेको दावी गरेका हुन्।

‘सभामुखमा अन्य दलले आशा नगरे हुन्छ’, उनले भने, ‘सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्, यो विषयमा शीर्ष नेताहरुबीच सहमति भइसकेको छ। उनले एकदुई दिनमै सभामुखको टुंगो लाग्ने जानकारी दिए।

मन्त्री बाँस्कोटाले सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डो¥याउँदै लगिरहेको बताए। नेकपाको सरकार आएपछि ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको उनको दावी थियो। सरकारको एकमात्र एजेन्डा समृद्धि रहेको बताउँदै उनले नेकपाकै नेतृत्वमा मुलुकको समृद्धि सम्भव रहेको दावी गरे।

सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको उनले जानकारी दिए।

त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताए। विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad