घुस बार्गेनिङ गरेको पाइएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरलाई निलम्बन गरिएको छ।
पर्यटन मन्त्रालयका अनुसार थाई स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई कायमै राख्न घुस मागेको प्रमाण भेटिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ठाकुरलाई निलम्बित गरेको हो।
अख्तियारले समातेका विमानस्थलका हाकिमको दराजमा आठ लाख नगद, नौ बोतल मदिरा
ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकोले निलम्बन गरिएको मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले जानकारी दिए।
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख चुँडाल घुससहित समातिए
‘घुस लिने विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ’, उनले भने।
उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरी पठाइने केसीले बताए।

Shares

प्रतिक्रिया