अमेरिकाको न्युयोर्कमा सोमबारदेखि बेपत्ता नेपाली महिला २ दिनपछि फेला परेकी छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार न्युयोर्कको क्विन्सबाट सोमबारदेखि बेपत्ता ७५ वर्षीया मनमाया मगर बुधबार बेलुका स्थानीय कोने आइल्यान्ड अस्पतालमा फेला परेकी हुन्।
उनको खोजीका लागि प्रहरीले पनि पोस्टरसहित सूचना जारी गरेको थियो। उनको खोजीमा न्युयोर्कवासी नेपाली पनि लागेका थिए।
श्रीमानसँगै नातिनीलाई स्कुल पुर्याउन गएकी मनामाया शौचालय जान्छु भनेर छुट्टिएकी थिइन्। श्रीमानले नातिनीलाई स्कुल छाडेर फर्किंदा पनि उनी नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।
अमेरिकामा छोराबुहारीसँग बस्ने उनी ४ महिनाअगाडि मात्र अमेरिका गएको बताइएको छ।
69
Shares

प्रतिक्रिया