विभिन्न अपराधमा संलग्न आरोपमा काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई नेपाल प्रहरीले थप १० दिन हिरासतमै राख्ने भएको छ।
उनीहरूबारे थप अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार अनुमति दिएको हो।
सबै अभियुक्तविरुद्ध अभद्र व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।
यसअघि उनीहरूविरुद्ध ५ दिन म्याद थप भएको थियो।
याे पनि : १२२ चिनियाँ नागरिक पाँच दिन हिरासतमा
प्रहरीका तीन एकाइले एकसाथ थालेको संयुक्त कारबाहीमा गत सोमबार १२२ चिनियाँ काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।
उनीहरू नेपालमा बसेर चीन लगायत अन्य देशमा समेत अपराध कार्यमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
याे पनि : कम्बोडिया, भियतनामबाट फुत्केर नेपाल आएका थिए साइबर अपराधमा पक्राउ परेका चिनियाँ
उनीहरू चीनमा अनलाइन जुवा खेलाउने, अनलाइनमार्फतै युवतीहरुका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको अकाउन्ट ह्याक गरेर पैसा निकाल्नेसम्मका अपराधमा संलग्न रहेको पत्ता लागेको छ।
याे पनि :
चीनमा साइबर अपराध गर्न नेपालमा ४ अर्बका २१ सफ्टवेयर कम्पनी
एक सय २२ चिनियाँका साथमा सात सय ४७ मोबाइल र तीन सय ३१ ल्यापटप

प्रतिक्रिया