छापा खबर


भान्सा सुरक्षा : सानो होशियारीले ठूलो जोखिमबाट बचाउँछ

भान्सा सुरक्षा : सानो होशियारीले ठूलो जोखिमबाट बचाउँछ

नेपालखबर
पुस १४, २०७६ सोमबार २:४९,

सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् ।

विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना हुने गरेका खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

बालाजुकी एक गृहिणी रुजा आचार्यले तरकारी पकाउन प्रेसरकुकरमा तेल हालिन् । त्यही समयमा श्रीमान्को फोन आएपछि उनी त्यसैमा व्यस्त भइन्। भान्छामा त तेल डढेर आगो बल्न थालिसकेछ । हतारहतार आगो निभाउन कपडाले हानिन् तर आगो आफूतिर नै आयो।

“आगो लाग्दा केही वस्तुले हानेर आगो निभाउन खोज्नु गल्ती रहेछ । पछि ग्यासको रेगुलेटरको स्विच बन्द गरेँ । आगो निभ्यो तर नयाँ प्रेसरकुकर डढेर कालो बन्यो । सामान्य कुरामा ध्यान नदिँदा झन्डै ठूलो दुर्घटना भयो,” आचार्यले भनिन्।

यस्तै अर्को घटना बसुन्धराकी गृहिणी सुशीला पन्तले व्यहोर्नु प¥यो । नी दूध तताउँदै बच्चालाई पढाउन थालिन् । भान्छाको काम बिर्सिइन्। दूध उम्लेर भाँडा पूरै कालो भइसकेछ। “हतारहतार पानी छ्यापेँ तर ग्यास भने निभाउन भुलेछु । ग्यास चुलो पानीले निभेका कारण पत्तो नै भएन । सानो छोराले ग्यासको रेगुलेटर बन्द गरेर सबै झ्यालढोका खोलेपछि ग्यासको गन्ध अलि हरायो।”

यस्ता घटना त उदाहरण मात्रै हुन् । यस प्रकारका घटना दैनिकजस्तो हरेक घरमा भई नै रहेको पाइन्छ । धर्मपथस्थित जुद्ध वारुणयन्त्रका इन्चार्ज लीलाराज गाच्छाले भान्छामा हुने सानो घटनाका कारण नै ठूलो हुने बताउछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad