समाज


क्याम्पियनकी सुयेन भइन् अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम

क्याम्पियनकी सुयेन भइन् अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम

नेपालखबर
पुस १३, २०७६ आइतबार १३:१९,

तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा ललितपुरको लगनखेलस्थित क्याम्पियन स्कुलकी कक्षा ८ मा अध्ययनरत छात्रा सुयेन भट्टराईले जितेकी छिन्।

त्यसैगरी पोखराको गण्डकी बोर्डिङ स्कुलका कक्षा ७ मा अध्ययनरत अशिबा गुरुङ दोस्रो भएका छन्। तेस्रो स्थान काठमाडौंको गोठाटारस्थित द सेलिब्रेसन को एड स्कुलका कक्षा ७ मा अध्ययन गर्ने अमन बस्नेतले जितेका छन्।

Second_Prize__Aashiba_Gurung.jpgदाेस्राे पुरस्कार विजेता अशिबा गुरुङकाे तस्बिर

सान्त्वना पुरस्कार भने पञ्चकन्या माध्यमिक विद्यालय छाउनीस्थित कक्षा ८ की सरिता रम्तेलले जितेकी छिन्।

गत असोज १ गते देखि मंसिर १४ सम्म सातौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा तेश्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो।

Third_Prize_Aman_Basnet.jpgतेस्राे पुरस्कार विजेता अमन बस्नेतले बनाएकाे तस्बिर

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने भट्टराईले टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र प्राप्त गर्ने छिन्। साथै दोश्रो, तेश्रो तथा सान्त्वना हुने विद्यार्थीहरुलाई तक्मा तथा प्रमाणपत्र प्रदान गरिने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए।

Consolation_Sarita_Ramtel.jpgसान्त्वना पुरस्कार विजेता सरिता रम्तेलकाे तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .