ad ad

समाज


झापाका तीन उद्योग र विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर

झापाका तीन उद्योग र विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर

फाइल तस्बिर।


नेपालखबर
माघ १९, २०७९ बिहिबार ८:२३, काठमाडौँ

झापाका तीन उद्योग र एउटा विद्यालयको चमेना गृहविरुद्ध मुद्दा दायर गरिएको छ।

गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी र्दिए।

बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको हो।

भगवती वेभरेजद्वारा उत्पादित पानीमा कोलीर्फम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। दूषित दाना उत्पादन तथा बिक्री वितरण गरिएको पाइएपछि स्टार फिडविरुद्ध मुद्दा दायर गरिएको छ। 

यस्तै, अभिभावकको उजुरीका आधारमा काँकरभिट्टा माविको चमेनागृहमा अनुगमन गर्दा ढुसी परेको, सडेगलेको, गन्हाएको दूषित खाद्यवस्तु फेला परेपछि मुद्दा दायर गरिएको कार्यालय प्रमुख भट्टराईले बताए।

‘सरकारी मापदण्डअनुसारको खाद्यवस्तु उत्पादन भए नभएको हेर्ने गरेका छौँ।’ मापदण्ड नपुगेका उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको उनले बताए। 

बजारमा रङ प्रयोग गरिएका भारतीय एवं लेवन नभएका नुडल्स् बिक्री–वितरण भइरहेका छन्। नेपालमा उत्पादित नुडल्स्मा रङ प्रयोग नभए पनि रङ प्रयोग गरिएका भारतीय नुडल्स् अनुगमनका क्रममा भेटिएको र तत्काल नष्ट गर्ने गरिएको प्रमुख भट्टराई बताउँछन्।

खाद्य पदार्थ र दाना गरी थप छ उद्योगको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। गुणस्तर परीक्षणका लागि जिल्लामा प्रयोगशाला नहुँदा खाद्यवस्तुको परीक्षणमा समस्या हुने गरेको छ।

विशेषगरी, दुग्धजन्य पदार्थ गुणस्तर परीक्षणमा समस्या हुने गरेको छ। जिल्लामा सङ्कलित खाद्यवस्तुको नमूना परीक्षणका लागि विराटनगर पठाउने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .