महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन बुझाएका छन्।
सोमबार राष्ट्रपति कार्यालयमा पुगेर महान्यायाधिवक्ता पोखरेलले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।
संविधानको धारा १५९ को उपधारा (१) मा महान्यायाधिवक्ताले प्रत्येक वर्ष यो संविधान र संघीय कानुन बमोजिम आफूले सम्पादन गरेका कामको वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष बुझाउनु पर्ने व्यवस्था छ।
प्रतिवेदनमा महान्यायाधिवक्ताले वर्षभर संवैधानिक एवम् कानुनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरणसहितको संख्या, सरकार वादी भएर चलेका मुद्दासम्बन्धी विवरण, नेपाल सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरेको विवरण, नेपाल सरकार वादी भई चल्ने मुद्दामा भविष्यमा गरिनुपर्ने सुधार तथा अपराधका प्रवृत्तिसम्बन्धी विवरण उल्लेख गरिएको हुन्छ।
प्रतिवेदनमा राष्ट्रपतिलाई १७ सुझाव दिइएको छ।
यस्ता छन् १७ सुझावः
प्रतिक्रिया