ad ad

समाज


प्रहरीलाई घुस दिन खोज्ने महिला अख्तियार पुगिन्

प्रहरीलाई घुस दिन खोज्ने महिला अख्तियार पुगिन्

नेपालखबर
पुस १२, २०७६ शनिबार ९:४२,

भन्सार छलेर ल्याएका कपडा प्रहरीले नियन्त्रणमा लिएपछि छुटाउनका लागि घुस दिँदा एक महिला पक्राउ परेकी छन्।

शनिबार इलाका प्रहरी कार्यालय जितपुरको प्रहरी टोलीले भन्सार छलेर ल्याएका कपडासहित वीरगञ्ज महानगरपालिका २ कि ३५ वर्षीया अम्बिया खातुनलाई पक्राउ गरेको हो।

खातुनले भन्सार छली कुर्ता सुरुवाल २३ पिस, थानको कपडा ७ पिस, साडी २५ पिस र सल २ पिस बसमा लुकाएर ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

कपडा प्रहरीले नियन्त्रणमा लिएपछि खातुनले प्रहरीलाई २८ हजार रुपैयाँ घुस दिएर छाडिदिन आग्रह गरेकी थिइन्। घुस दिन खोजेपछि प्रहरी टोलीले घुस रकमसहित उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडामा बुझाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले महिलालाई हिसासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .