ad ad

समाज


मापदण्ड भन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

मापदण्ड भन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

नेपालखबर
माघ ६, २०७९ शुक्रबार १४:५, काठमाडौँ

काठमाडौंको बबरमहलमा गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका छन्। 

मापदण्डभन्दा बढी धुवाँ फाल्ने भाडाका मिनी बस १४, पिकअप भ्यान ८, भाडाका माइक्रोबस ३ र कार २ गरी २७ वटा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बबरमहलमा ५३ ओटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ ओटा सवारी साधन कारबाहीमा परेका हुन्। 

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाएको छ। 

मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .