समाज


दुर्घटनामा ज्यान गुमाएकी एयर होस्टेसको टिकटक भिडिओ भाइरल, लाखौँले दिए श्रद्धाञ्जली

दुर्घटनामा ज्यान गुमाएकी एयर होस्टेसको टिकटक भिडिओ भाइरल, लाखौँले दिए श्रद्धाञ्जली

नेपालखबर
माघ ५, २०७९ बिहिबार १५:४७, काठमाडौँ

आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकी एयर होस्टेस ओसिन मगरको टिकटक भिडिओ भाइरल भएको छ। ओसिन दुर्घटनामा ६८ यात्रु र चार चालकदलका सदस्यसँगै मारिएकी थिइन्। 

पोखराको सेती खोँचमा विमान खसेकोमा अझै एक जनाको शव फेला पर्न बाँकी छ। 

ओसिनको टिकटक खातामा हाल १२ हजार फलोअर्स देखिन्छन्। उनले टिकटकमा एयर होस्टेसको पहिरनमा भिडिओहरु हालेकी छन्।

सेप्टेम्बर ११ मा पोस्ट भएका उनका भिडिओहरुलाई ट्विटरलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रद्धाञ्जलीसहित पोस्ट गरेका छन्। थुप्रै विदेशीले समेत उनलाई श्रद्धाञ्जली दिएका छन्।

भारतीय पत्रकार निरज कुमारले आफ्नो ट्विटर खातामा पोस्ट गरेको ओसिनको भिडिओ करिब १६ लाख मानिसले हेरेका छन्।

ओसिनको मृत्युपछि टिकटक भिडिओ भाइरल बनेको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत खबर छापेका छन्।

@oshinalemagar66 #tiktoknepal #cabincrew #goviral #xmas2020 #viral #viraltiktokr ♬ original sound - Oshin magar✈️✈️

ओसिनले ६ महिनाअघि मात्र एयर होस्टेसका रुपमा काम गर्न थालेको उनकी फुपू जुना मगरले नेपालखबरलाई बताएकी थिइन्। होटल म्यानेजमेन्टको पढाइ छाडेर उनले नवलपरासीमा एयर होस्टेसको पढाइ गरेकी थिइन्। 

यसअघि दुर्घटनाका बेला भारतीय पर्यटक सोनु जैसवालले लाइभस्ट्रिम गरेको भिडिओ विश्वभर भाइरल बनेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .