ad ad

समाज


विमान दुर्घटना: २ जना अझै अज्ञात, गोताखोर र ड्रोनले एकसाथ खोज्दै

विमान दुर्घटना: २ जना अझै अज्ञात, गोताखोर र ड्रोनले एकसाथ खोज्दै

दुर्घटनास्थलमा उद्धारका लागि खटिएका नेपाली सेना। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ३, २०७९ मंगलबार ७:३८, काठमाडौँ

आइतबार पोखरामाा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना अझै भेटिएका छैनन्। 

दुर्घटनालगत्तै परिचालन भएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरन्तर प्रयास गर्दापनि २ वटा शव अर्झ भेट्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए। 

उनका अनुसार मंगलबार (३ माघ) पनि बिहानैदेखि खोजी कार्य सुरु हुँदै छ। ‘हामी आज पनि खोजी कार्य सुरु गर्दैछौं। सोचेजस्तो सजिलो छैन्,’ केसीले नेपालखबरसँग भने, ‘गोताखोरदेखि ड्रोनसम्म प्रयोग गरेर हामीले खोजीकार्य अघि बढाएका छौं।’

सोमबार (हिजो) पनि ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो।

दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको केसीले बताए। 

त्यस्तै, दुर्घटनामा निधन भएका चालक दलका सदस्य (क्रु मेम्बर), विदेशी नागरिक र पहिचान हुन नसकेका र काठमाडौंमा आफन्त भएकाहरुको शव आज काठमाडौं ल्याइँदैछ।

पहिचान भएका र आफन्त उपस्थित भएकाहरुको भने पोखराबाटै शव हस्तान्तरण गरिँदैछ। 

‘हामी सुरक्षा निकाय सबै तयारी अवस्थामा राखेर बसेका छौं। मेडिकलको टिमले काम सक्नेबित्तिकै आजै काठमाडौं पठाउने तयारी छ,’ सीडीओ केसीले मंगलबार बिहानभने। 

आइतबार काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो।

विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .