समाज


विमान दुर्घटना : क्रु मेम्बरसहित पहिचान नभएका शव आज काठमाडौं ल्याइँदै

विमान दुर्घटना : क्रु मेम्बरसहित पहिचान नभएका शव आज काठमाडौं ल्याइँदै

दुर्घटनास्थलमा उद्धारका लागि खटिएका नेपाली सेना र सशस्त्र प्रहरी. तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ३, २०७९ मंगलबार ७:२५, काठमाडौँ

गत आइतबार (१ माघ) पोखरामा भएको यती एयरलाइन्को विमान दुर्घटनामा निधन भएका चालक दलका सदस्य (क्रु मेम्बर), विदेशी नागरिक र पहिचान हुन नसकेका र काठमाडौंमा आफन्त भएकाहरुको शव आज काठमाडौं ल्याइँदैछ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार मेडिकल टिमले काम सक्नासाथ हेलिकोप्टरमार्फत शवहरू काठमाडौं पठाउन लागिएको हो।

‘हामी सुरक्षा निकाय सबै तयारी अवस्थामा राखेर बसेका छौं। मेडिकलको टिमले काम सक्नेबित्तिकै आजै काठमाडौं पठाउने तयारी छ,’ केसीले मंगलबार बिहान नेपालखबरसँग भने। 

नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको उनले बताए। 

पहिचान भएका र आफन्त पोखरामा नै रहेका शव त्यहाँबाट नै शवपरीक्षण गरी परिवारलाई बुझाइनेछ। 

आइतबार काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो। विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .