राजनीति


नयाँ मन्त्रीको शपथपछि विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

नयाँ मन्त्रीको शपथपछि विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
माघ ३, २०७९ मंगलबार ७:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठक बस्दै छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकै सल्लाहमा प्रचण्डले विश्वासको मत दिने दलहरूको बैठक बोलाउने बताएका थिए। सोही अनुसार आज शपथ ग्रहणपछि बैठक बस्ने गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले बताएका छन्। 

सोमबार अबेरसम्म सत्ता गठबन्धनको बैठकमा सामेल भएर निस्किएका लामिछानेले मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथग्रहण छ। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार अपरान्ह ४ बजे विश्वासको मत दिने दलहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने कार्यक्रम रहेको छ।

नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अहिले मन्त्रालय भागबन्डामाा सहभागी नभएको पनि लामिछानेले बताएका छन्। 

प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा संसदको सबैभन्दा ठूलो दल कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए।

प्रतिनिधिसभामा ५ माघमा सभामुखको निर्वाचन हुँदैछ। २८ माघसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नुपर्छ। 

विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठकबाट सभामुख र राष्ट्रपति निर्वाचनबारे सबै थाहा हुने सोमबार एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भनेका थिए। 

त्यसपछि बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले सत्ता भागबन्डा टुंग्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .