यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ। पोखरामा उडान भरेको यतीको जहाज दुर्घटना भएपछि सोमबारका लागि तय भएका सबै उडान बन्द भएका हुन्।
९ एन एनसी एटीआर ७२–५०० विमानमा परी ज्यान गुमाउने यात्रुहरुको शोकमा निर्धारित सबै नियमित उडान रद्द गरिएको एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सले आपत्कालीन र उद्धारका उडानहरु भने सुचारु हुने बताएको छ।
त्यस्तै, भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहेकका सबै आन्तरिक उडानहरु बन्द भएका छन्।
भिजिबिलिटी कम हुँदा देशभरका कुनैपनि विमाानस्थल खुल्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।
‘भिजिबिलिटी कम भएका कारणले काठमाडौं बाहेकका सबै विमानस्थल बन्द छन्,’ कर्णले भने, ‘काठमाडौंमा भने आएफआर प्रणालीबाट उडान अवतरण भइरहेको छ।’
Shares

प्रतिक्रिया