काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
गृहमन्त्री रवि लामिछानेसहित पुगेका प्रधानमन्त्रीले विमानस्थलस्थित उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका उनको सचिवालयले जनाएको छ।
निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी पनि लिएका छन्।
विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्।
प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्धारमा लाग्नु निर्देशन दिएका छन्। उनले आइतवारै साढे १ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
93
Shares
प्रतिक्रिया