पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाजमा आठजना विदेशी यात्रु रहेको खुलेको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरण उडाअनुमति शाखास्थित उपनिर्देशक ज्ञानेन्द्र भूलका अनुसार आइतवार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको एटीआर जहाजमा आठ विदेशी यात्रु रहेको खुलेको हो।
यो जहाजमा ६८ जना यात्रु र चारजना चालक दलका सदस्यसहित जम्मा ७२ जना सवार थिए। तर विदेशी यात्रुको देशको विवरण भने खुलिसकेको छैन।
पोखराको घारीपाटननजिकै सेती नदीको खोचमा यतिको एएनसी एटीआर–७२ जहाज दुर्घटनामा परेको हो।
को को थिए विदेशी यात्रु?
मेरोल लभ
आयूरी ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे
237
Shares

प्रतिक्रिया